अबैध कारोबारमा भारतिय नोटसहित पक्राउ

विराटनगर– जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार अवैध कारोबार गरेको आरोपमा  ८ लाख ५० हजार भारतिय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

विराटनगर ट्राफिक चोकमा हिँडिरहेको अवस्थामा झापा भद्रपुर निवासी आनन्द मित्तललाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुवास भट्टराईले जानकारी दिए।

५० वर्षिय मित्तललाई अनाधिकृत रुपमा पैसा सटही गरिरहेको अवस्थामा पक्राउ गरिएको भट्टराईले जानकारी दिए। मित्तलको साथबाट २ हजार दरका ४ सय २५ भारु नोट बरामद गरिएको हो।

प्रहरीले बरामद नगदसहित मित्तललाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइने जनाएको छ।

माघ ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्