पुछारको स्वान्सीसँग हार्यो लिभरपुल

अंक तालिकाको पुछारमा रहेको स्वान्सी सिटीले शीर्ष चारमा रहेको लिभरपुललाई हराएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा स्वान्सीले जर्गेन क्लोपको टिम लिभरपुललाई १–० ले हराएको हो ।

स्वान्सी सिटीले४० औँ मिनेटमा अल्फी माओसनले गरेको गोल नै घरेलु टोली स्वान्सकी चर्चित जित र लिभरपुलको हारको कारण बन्यो । रेलिगेशनबाट जोगिनका लागि संघर्षरत स्वान्सीसँगको खेलमा यसअघिका १८ खेलमा अपराजित रहेको लिभरपुलले गोल गर्ने धेरै राम्रा अवसर बनाएको थियो।

स्वान्सी सिटीलेतर कमजोर फिनिसिङका कारण पराजित हुन बाध्य भयो । खेलको अन्तिम समयतिर लिभरपुलका रोबर्टो फिमिनोले हेड मार्फत गोल गर्ने राम्रो प्रयास गरेका थिए । तर बल पोस्टमा लागेर फर्कियो ।

स्वान्सी सिटीलेहारपछि चौथो स्थानको लिभरपुलको २४ खेलबाट ४७ अंक छ र उसले तेस्रो स्थानको चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमायो । जित निकालेको स्वान्सीको २४ खेलबाट २० अंक भएको छ र उ पुछारमा छ । स्वान्सी सिटीले

स्वान्सी सिटीले

माघ ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्