डी ब्राउनले गरे म्यानचेस्टर सिटीसँग नयाँ सम्झौता

म्यानचेस्टर सिटीका मिडफिल्डर केविन डी ब्राउनले क्लबसँग नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौतासँगै डी ब्राउन पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीमा सन् २०२३ सम्म रहने भएका छन् ।

प्रिमियर लिग लिडर सिटीले २६ वर्षे प्लेमेकर डी ब्राउनसँग उनको सन् २०२१ सम्मको सम्झौता बाँकी हुँदा नै त्यो भन्दा थप दुई वर्षका लागि सम्झौता गरेको हो ।

डी ब्राउनले लिग लिडर सिटीका लागि यो सिजन ६ गोल गरेका छन् भने १० गोलका लागि सहयोग गरेका छन् ।

उनी सन् २०१५ को अगस्टमा वुल्फबर्गबाट ५५ मिलियन पाउण्डको कीर्तिमानी मूल्यमा सिटी आएका हुन् ।

माघ ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्