रियल मड्रिड र बार्सिलोना पछि परे, म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेड लगातार दोस्रो तथा समग्रमा दशौँ वर्ष विश्वका धनी फुटबल क्लबको शीर्ष स्थानमा परेको छ ।

डेलोइट्टेले सार्वजनिक गरेको विश्वका २० धनी फुटबल क्लबको सूचिमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा छ । गएको वर्षमा पनि युनाइटेड नै शीर्ष स्थानमा थियो । सन् २०१६–१७ को सिजनलाई आधार मानेर सूचि सार्वजनिक गरिएको हो ।

सूचिमा रहेका २० क्लबले यो सिजन अघिल्लो सिजन भन्दा ६ प्रतिशत बढी आर्थिक कारोबार गरेका छन् । यो कारोबारका हिसाबले नयाँ कीर्तिमान हो ।

म्यानचेस्टर युनाइटेड११ वर्ष धनी क्लबको सूचिमा शीर्ष स्थानमा रहेको स्पेनिस क्लब रियल मड्रिड दोस्रो स्थानमा छ भने बार्सिलोना तेस्रो स्थानमा ।

चौथो स्थानमा जर्मन बुण्डेस लिगा क्लब बार्यन म्युनिख, पाँचौँ स्थानमा इंग्लिस क्लब आर्सनल, छैटौँ स्थानमा आर्सनल, सातौँमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी), आठौँमा चेल्सी, नवौँमा लिभरपुल तथा दशौँ स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ ।

१० धनी क्लब : कुन क्लबको सम्पत्ति कति ?

म्यानचेस्टर युनाइटेड : ६७६.३ मिलियन युरो
रियल मड्रिड : ६७४.६ मिलियन युरो
बार्सिलोना : ६४८.३ मिलियन युरो
बार्यन म्युनिख : ५८७.८ मिलियन युरो
म्यानचेस्टर सिटी : ५२७.७ मिलियन युरो
आर्सनल : ४८७.६ मिलियन युरो
पेरिस सेन्ट–जर्मेन : ४८६.२ मिलियन युरो
चेल्सी : ४२८ मिलियन युरो
लिभरपुल : ४२४.२ मिलियन युरो
युभेन्टस : ४०५.७ मिलियन युरो

माघ ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्