रोनाल्डोले मेस्सीको मजाक उडाए

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको मजाक उडाएका छन् ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति डिप्रोटिभो डी ला कोरुनासँगको खेलका लागि मैदान छिर्ने बेला बर्नाबेउको टनेलमा रोनाल्डोले योङ मस्कट (मैदान छिर्दा खेलाडीको हात समातेर आउने बालबालिका) सँग मेस्सीको मजाक उडाएका हुन् ।

रोनाल्डोलेमैदान छिर्ने तयारी भइरहेका बेला मस्कटले रोनाल्डोसँग कुरा गरे । उनले भने ‘मेरा लागि, तपाईं विश्वको उत्कृष्ट खेलाडी हो र मेस्सी…’ रोनाल्डोले उनलाई रोकेर वाक्य पूरा गरे ‘खराब’ । अर्थात ‘मेस्सी खराब हुन् ।’

यो भिडियो अहिले सार्वजनिक भएको छ । रियल मड्रिडका अरु खेलाडीले रोनाल्डो र मस्कटबिचको कुराकानी रमाइलो मानेर हेरेको भिडियोमा देखिन्छ ।

रोनाल्डो र मेस्सीलाई एक अर्काका प्रतिस्पर्धीको रुपमा लिने गरिएको छ । यो सिजन मेस्सीले ला लिगामा राम्रो प्रदर्शन गरिरहेका छन् ।

रोनाल्डोलेतर रोनाल्डोको भने तुलनात्मक रुपमा कजोर छ । तर आइतबार रातिको खेलमा रोनाल्डोको दुई गोलको मद्दतमा रियलले डिप्रोटिभोलाई ७–१ ले हरायो ।

माघ ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्