इन्डियन प्रिमियर लिग अप्रिलबाट

नयाँ दिल्ली – इन्डियन प्रिमियर लिग (अाइपिएल)काे अागामी संस्करण अप्रिल ७ देखि सुरु हुने भएकाे छ। प्रतियाेगिताकाे उद्घाटन खेल मुम्बइकाे वानखडे रंगशालामा हुनेछ। मे २७ मा हुने प्रतियाेगिताकाे फाइनल पनि साेही रंगशालामा हुनेछ।

उद्घाटन खेलमा साविक विजेता मुम्बइले प्रतिस्पर्धा गर्ने छ। अायाेजकले प्रतियाेगिताकाे खेल तालिका यसै साता सार्वजनिक गर्दैछ।

सन् २००८ देखि सुरु भएकाे अाइपिएल हरेक वर्ष अायाेजना हुने गरेकाे छ।

याे प्रतियाेगिताकाे सर्वाधिक विजेता मुम्बइ इन्डियन्स हाे जसले तीनपटक उपाधि जितेकाे छ।

भारतीय क्रिकेट नियन्त्रण बाेर्डले अायाेजना गर्ने याे प्रतियाेगितामा भारतका विभिन्न शहरले व्यवसायिक क्लबका रुपमा प्रतिनिधित्व गर्छन्।

अाठ टाेलीले डबल राउन्ड राेबिन लिग अाधारमा प्रतिस्पर्धा गर्छन।

माघ ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्