सेयर बजार घट्ने क्रम रोकिएन

काठमाडौं- साताको तेश्रो कारोबार दिन पुग्दा सेयर बजार घट्ने क्रमले निरन्तरता पाएको छ। नेप्से परिसूचक ९.०५ अंकले घटेर १३९३.०४ अंकमा पगेको हो।

सेयर बजार निरन्तर ओरालो लागे सँगै कारोबार रकममा पनि गिरावट आउँदै आएको छ। बजारमा घटेको मूल्यमा सेयर खरिद गर्ने लगानीकर्ता हुँदा पनि सेयरको सप्लाई नहुँदा कारोबार रकममा गिरावट आईरहेको ब्रोकरहरुले बताएका छन्।

मंगलबार १५५ कम्पनी ३२ करोड २६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ। साताको तेश्रो दिन सेयर बजार खुले सँगै नेप्से परिसूचकमा गिरावट आउँदा सेयर बजार घटेको हो।

नेप्से परिसूचक ओरालो लागे सँगै समग्र उपसूचकहरु पनि ओरालो लागेका छन्। सबैभन्दा धेरै जलबिद्युत उपसूचक १.५७ प्रतिशतले घटेको छ।

मंगलबार फस्ट माइक्रोफाइनान्स विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाउँदा धेरै गुमाउनेमा कालिका माइक्रोफाइनान्स विकास बैंकका लगानीकर्ता रहे। फस्टको मूल्य ५.४१ प्रतिशतले उकालो लाग्दा कालिकाको मूल्य ५.३२ प्रतिशतले घटेको हो।

२ करोड ९२ लाख रुपैयाँको कारोबार भएको सानिमा माई जलबिद्युत सबैभन्दा बढी रकमको कारोबार गर्ने कम्पनी बन्यो।

 

सम्बन्धित समाचारहरु…

सेयर बजार दोहोरो अंकले घट्यो

साताको पहिलो दिन सेयर बजारमा गिरावट

माघ ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्