धनगढीमा अब सर्वाधिक धनराशिको महिला गोल्डकप हुने

धनगढी- सुदुरपश्चिम ११ स्पोर्टस क्लवले अब नेपालमै पहिलो पटक सर्वाधिक धनराशिको सूदुरपश्चिम खप्तड  महिला गोल्डकप आयोजना गर्ने भएको छ।

मंगलबार आयोजित सर्वाधिक धनराशिको सूदुरपश्चिम खप्तड गोल्डकप आयोजना गर्दै आएको कार्यक्रममा क्लबले यस्तफ घोषणा गरेको हो।

कार्यक्रममा महिला गोल्डकपको विजेताले ५ लाख र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार पाउने क्लवका वरिष्ठ उपाध्यक्ष वावुराजा श्रेष्ठले घोषणा गरे।

उनले भने ‘ अब धनगढीमा सर्वाधिक धनराशिको सूदुरपश्चिम खप्तड गोल्डकप आयोजना गरेका छौ। गोल्डकपको विजेताले ५ लाख र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार पाउनुहुन्छ।’

उनका अनुसार सुदुरपश्चिम खप्तड महिला गोल्डकप नाम दिईएको प्रतियोगितामा दुई विदेशी गरी ८ ओटा टिमको सहभागीता रहने छ।

प्रतियोगिता फागुन अन्तिम सातादेखि धनगढीको क्षेत्रीय रंगशालामा सञ्‍चालन हुनेछ।

यस्तै दोस्रो संस्करणको नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको आय व्यव सार्वजनिक गरिएको छ।

दोस्रो संस्करणबाट झण्डै एक लाख ६५ हजार वढी रकम घाटा भएको आयोजकको ठहर छ। ९१ लाख ५० हजार रकम खर्च भएकोमा एक लाख ६५ हजार ५ सय १६ रुपैया घाटा भएको विवरण सुदुरपश्चिम ११ स्पोर्टस क्लवका महासचिव प्रकाश शाहीले बताए।

माघ ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्