दुई ठाउँमा थपियो ग्लोबलको शाखारहित बैकिङ्ग सेवा

काठमाडौं- ग्लोबल आइएमई बैंकले गुल्मीको मुसीकोट नगरपालिका आँपचौरमा  र भुवाचिदीमा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।  मुसीकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले शाखा रहित बैकिङ्ग सेवाको उद्घाटन गरे ।

आँपचौरमा स्थानिय सुमन खरेल तथा भुवाचिदीमा स्थानिय सागर सापकोटा व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको  बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले ११३  शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र  ६२ शाखा रहित बैंकिङ्ग सेवा माफर्त ग्राहकलाई सेवा दिदैं आएको जनाएको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथैं अष्ट्रेलिया, बेलायत र भारतमा सम्पर्क कार्यालय मार्फत  ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको  जनाएको छ।

माघ १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्