पोखरीमा डुबेर दाजु भाइको मृत्यु

दाङ- दाङस्थित तुलसीपुर उपमहानगरपस्थित-५ रानी जरुवा नजिक रहेको पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ।

नुहाउने क्रममा पोखरीको पानिमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

तुलसीपुर बस्दै आएका सल्यान शारदा नगरपालिका-११ हिउल्चा निबासी लोकेन्द्रबहादुर कुवरका छोरा १२ वर्षीय राजकुमार कुवर र १० वर्षीय कुमार कुँवरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

मृतक बालक दुबैको शब राप्ती अञ्चल अस्पतालमा राखिएको छ। शवको भोलि पोष्टमार्टम् गरेर दाह सस्कार गर्ने प्रहरीले जनाएको छ।

माघ १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्