काठमाडौं – सामान्यताया बिहीबार देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार प्रश्चिमी वायुको प्रभावले देशका धेरै ठाउँमा पानी परेको थियो ।

यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पनि परेको थियो । तर बिहीबारदेखि भने मौसम सफा हुने मौसमविद सुवास रिमालले जानकारी दिए ।

पश्चिमी वायुको प्रभाव निष्क्रिय भइसकेकाले तत्कालका लागि पानी पर्ने सम्भावना नरहेको उनले जानकारी दिएका छन् ।

अहिले सुदूरपश्चिम तथा पूर्वको तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । तर यो हुस्सु दिउँसो हट्ने र मौसम सफा रहने मौसमविद रिमालले बताए ।

तत्काल जाडो हट्ने सम्भावना नरहेको तर दिउँसोको तापक्रम भने बढ्दै जाने उनले बताएका छन् । बिहान र बेलुकाको न्युनतम तापक्रम भने तत्काल बढ्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचारहरु…

 

पानी पर्ने सम्भावना छैन, देशभरको मौसम सफा

माघ ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्