रोनाल्डोको फर्मबारे रामोसले अध्ययन गर्दै

during the FIFA Club World Cup UAE 2017 Final between Gremio and Real Madrid at the Zayed Sports City Stadium on December 16, 2017 in Abu Dhabi, United Arab Emirates.

कप्तान सर्जियो रामोसको नेतृत्वमा रियल मड्रिड तथा क्लबका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको कमजोर फर्मका बारेमा अध्ययन सुरु भएको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् ।

रोनाल्डोकोस्पेनिस ला लिगा तथा च्याम्पियन्स लिगको साबिक विजेता रियल मड्रिड र क्लबका खेलाडी रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगमा राम्रो गरे पनि घरेलु प्रतियोगितामा खराब प्रदर्शन गरिरहेका छन् ।

रोनाल्डोकोयस विषयमा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको निर्देशनमा कप्तान रामोसले अध्ययन गरिरहेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । ला लिगामा अहिले शीर्ष स्थानको बार्सिलोना भन्दा १९ अंकले पछि रहेको रियल मड्रिड कोपा डेल रे बाट पनि बाहिरिएको छ ।

रोनाल्डोकोटिमको कमजोर प्रदर्शनका कारण अध्यक्ष पेरेज चिन्तामा छन् भने प्रशिक्षक जिनेदिन जिदान समस्यामा रहेका छन् । रोनाल्डोले पनि अघिल्ला सिजनमा जस्तो आफ्नो लय समात्न सकेका छैनन् ।

रामोसले अब टिमको कमजोरी र रोनाल्डोसहितका खेलाडीको अवस्था बारेमा अध्ययन गरेर खेलका लागि नयाँ रणनीति बनाउने छन् ।

माघ ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्