हेटौंडा – त्रिभुवन राजपथको दामन र सिमभञ्ज्याङमा बुधबार अपराह्न परेको हिउँ हटाइ बिहीबार बिहानदेखि हेटौंडा–काठमाडौंको यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।

हिमपातले गर्दा बुधबार बेलुका ५ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयका प्राविधिकले नून र बालुवा बिछ्याउँदै हिउँ हटाएको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।

हेटौंडाबाट काठमाडौं र काठमाडौंबाट हेटौंडातर्फ जाने सयौँ यात्रु बिहीबार बेलुकादेखि नै दामन र सिमभञ्ज्याङमा अलपत्र अवस्थामा रहनुपरेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए ।

यात्रु राजमार्ग खुलेसँगै हेटौंडा र काठमाडौंतर्फ लागिसकेको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । हिउँ करिब दुई फिट बाक्लो परेको प्रहरीले जनाएको छ ।

माघ ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्