सुर्खेतमा थ्रीडीको मजा लिन पाइने

फाइल तस्बिर।

सुर्खेत- वीरेन्द्रनगरमा रहेको लक्ष्मी चलचित्र मन्दिरले थ्री डी सेवा सञ्चालनमा ल्याएको छ। प्रदेश नं. ६ मा पहिलोपटक सुर्खेतमा थ्री डी सेवासहितको चलचित्र हल सञ्चालनमा ल्याइएको हो।

यसभन्दा अगाडि सामान्य पर्दामा देखाउँदै आएको फिल्महरू बिहीबारदेखि थ्री डी मा हेर्न पाइने सञ्चालक सुमित सिंह गुरुङले जानकारी दिए। नेपाली चलचित्रका लागि २ सय र ३ सय, हिन्दीका लागि २ सय ५० र ३ सय ५० तथा थ्री डी को लागि ३ सय र ४ सयको टिकट दर तोकिएको गुरुङले जानकारी दिए।

पछिल्लो समयमा खुम्चिँदै गएको चलचित्र हलहरूको व्यापार सुर्खेतमा भने लक्ष्मी चलचित्र मन्दिरको पुर्नसञ्चालनसँगै केही फस्टाएको दर्शकहरूको भनाइ छ। लामो समयसम्म बन्द रहेको लक्ष्मी चलचित्र मन्दिर भरखरै मात्र नयाँ र स्तरीय व्यवस्थापनका साथ सञ्चालनमा आएको हो ।

माघ ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्