नेप्से परिसूचक बढ्दा पनि कारोबार रकम बढ्न सकेन

काठमाडौं- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ। विहीबार ९.८ अंकले बढेको परिसूचक १४०४.५३ अंकमा पुगेको हो।

परिसूचक उकालो लाग्दा पनि कारोबारमा  कुनै सुधार हुन् सकेन। साताको अन्तिम कारोबार दिन १५९ कम्पनीको २८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भयो।

बिहिबार १ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको सानिमा माई हाइड्रो पावर धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।

बिहिबार विशालबजार लिमिटेडको मूल्य सबैभन्दा धेरै  वृद्धि हुँदा गुहेश्वरी मर्चेन्ट बैंकको मूल्य धेरै घटेको थियो।

विशालबजारको मूल्य करिब ५.१९ प्रतिशतले उकालो लाग्दा  गुहेश्वरी मर्चेन्टको मूल्य ३.२ प्रतिशतले ओरालो लागेको हो।

नेप्से परिसूचक उकालो लागे सगैं क बर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स पनि २.२७ अंकले उकालो  लागेको छ।

लगानीकर्ता संघका अधिकारीहरु ब्याजदरमा सुधार नभए बजार गाह्रो रहेको बताउँछन्।

 

सम्बन्धित समाचारहरु…

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम निराशाजनक

 

 

माघ ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्