नेपालगञ्जमा ब्राउन सुगरसहित भारतीय पक्राउ

फाइल तस्बिर

नेपालगञ्ज – बाँके प्रहरीले तीन ग्राम ब्राउन सुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारत बहराइचका रामसनही यादव ब्राउन सुगरसहित पक्राउ परेका हुन्। मोटरसाइकलको इन्डिकेटरमा राखेर यादवले ब्राउन सुगर ल्याउँदै थिए।

प्रहरीले विशेष सुराकीका आधारमा यादवलाई पक्राउ गरेको जनाएको छ। स्रोतका अनुसार यादवले ब्राउन सुगर आफ्नो नभई आफूलाई फसाइएको दाबी गरिरहेका छन्। लागु पदार्थ कारोबार रोक्न प्रहरीले नाकामा जाँच गर्छ। सानो मात्रामा ल्याए पनि ठूलो मूल्य पाउने भएकाले शरीर तथा सवारी साधनका विभिन्न भागमा लुकाएर ब्राउन सुगर ल्याउने गरिन्छ।

प्रहरीले विशेष सुराकीका आधारमा नाक, कान, मुख, गोप्यअंगहरुमा राखेर ल्याएको ब्राउन सुगर बरामद गर्ने गरेको छ। नेपालगञ्जमा भारतीयहरु नै ब्राउनसुगर पुर्‍याउन आउँछन्। सीमावर्ती बजार रुपैडिहामा ब्राउनसुगरको सहज रुपमा कारोबार हुन्छ।

सम्बन्धित समाचारहरु…

ब्राउन सुगरसहित एक पक्राउ

 

माघ ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्