मेस्सी र स्वारेजको गोल, बार्सिलोना सेमिफाइनलमा

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पानियोललाई २–० ले हराउँदै समग्रमा २–१ के जितसहित बार्सिलोना अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

सेमिफाइनलमापहिलो लेगमा बार्सिलोना १–० ले पराजित भएको थियो । पहिलो लेगमा हारे पनि घरेलु मैदानमा भएको दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनाले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

सेमिफाइनलमाबार्सिलोनाको जितमा दुवै गोल पहिलो हाफमा भएको हो । नवौँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै सुरुवाति अग्रता दिलाए । २५ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै क्याटलान टिमको अग्रता दोब्बर पारे ।

सेमिफाइनलमा
दोस्रो हाफमा गोल नभए पनि बार्सिलोनाको जितमा पहिलो हाफमा भएका दुई गोल नै पर्याप्त बन्यो । यो खेलमा यहि जनवरीमा बार्सिलोनाको कीर्तिमानी मूल्यमा लिभरपुलबाट आएका फिलिप कोन्टिन्होले पनि क्लबमा डेब्यु गरे ।

सेमिफाइनलमायो खेलमा बार्सिलोना छोड्न लागेका जाभियर मास्चेरानोले फ्यानसँग बिदा लिए । सेमिफाइनलमा

माघ १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्