मोरिन्होले गरे म्यानचेस्टर युनाइटेडसँग नयाँ सम्झौता

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले क्लबसँग नयाँ सम्झौता गरेका छन् । पोर्चुगिज मोरिन्होले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग सन् २०२० सम्मको सम्झौता गरेका हुन् ।

मोरिन्होले५४ वर्षका मोरिन्होको अहिलेको सम्झौता सन् २०१९ मा सकिँदै थियो । तर अब मोरिन्हो सन् २०२० सम्म युनाइटेडको जिम्मा सम्हाल्ने भएका छन् । सम्झौताबाट आफू निकै खुशी रहेको मोरिन्होले बताए ।

मोरिन्होलेक्लब खेलाडी निकै उत्कृष्ट रहेको र उनीहरुसँग काम गर्न पाउँदा खुशी लाग्ने बताए । मोरिन्होले सन् २०१६ को मेमा युनाइटेडमा आएका हुन् ।लुइस भान गालको ठाउँ लिएका मोरिन्होले युनाइटेडमा रहेर पहिलो सिजनमा लिग कप र युरोपा लिगको उपाधि जितेका छन् ।

माघ १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्