दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी , ४१ जनाको मृत्यु

दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी भएको छ । सिओलको दक्षिणी क्षेत्र मिर्याङमा रहेको अस्पतालमा शुक्रबार बिहानै आगलागी भएको र आगलागीका कारण कम्तिमा ४१ जनाको ज्यान गएकोा योनहाफ समाचार संस्थालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

भीषण आगलागीज्यान गुमाउनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् । सेजोङ अस्पतालको आकस्मिक कक्षबाट आगलागी सुरु भएको हो । विशेष गरी जेष्ठनागरिकको उपचार गर्ने अस्पताल भएकाले ज्यान गुमाने अधिकांश जेष्ठ नागरिक नै हुन सक्ने अनुमान छ ।

आगलागी भएका बेला अस्पताल र नजिकै रहेको नर्सिङहोममा एक सय भन्दा बढी बिरामी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीका कारण ७० जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । आगलागीको कारण थाहा भएको छैन ।

माघ १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्