पानी पर्ने सम्भावना छैन, देशभरको मौसम सफा

काठमाडौं – देशभरिकै मौसम शुक्रबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रका एक दुई ठाउँमा आंशिक बदली हुने सम्भावना रहे पनि सामान्यतया देशभरको मौसम सफा रहने देखिएको मौसमविद सुवास रिमालले जानकारी दिए ।

तराईका क्षेत्रमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । पूर्व र पश्चिम तराईको क्षेत्रमा लागेको हुस्सु बिहान अबेर गरी हट्ने तथा मध्य तराईको हुस्सु दिउँसो तिर हट्ने सम्भावना रहेको मौसमविद रिमालले जानकारी दिए ।

काठमाडौंमा पनि बिहान हुस्सु लागेको भएपनि दिनभर भने मौसम सफा रहने देखिएको छ । पानी पर्ने सम्भावना भने नरहेको मौसमविदले बताएका छन् ।

माघ १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्