विश्वकप क्रिकेटमा पाकिस्तान र भारत भिड्ने

क्राइस्टचर्च– अन्तर्राष्ट्रिय क्रिकेटका दुइ चिर प्रतिद्धन्द्धी भारत र पाकिस्तानबीच चाँडै प्रतिस्पर्धा हुने भएकाे छ। न्युजिल्यान्डमा जारी अाइसिसी यु-१९ विश्वकपकाे सेमिफाइनलमा यी दुइ टाेली भिड्ने भएका हुन्। क्वाटरफाइनलमा ब‌गलादेशलाइ एक सय २६ रनले हराउँदै भारतले पाकिस्तानसँगकाे भिडन्त तय गरेकाे हाे।

यसअघि दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै दुई पटकको विजेता पाकिस्तान सेमिफाइनल पुगेको हाे।

भारत पनि तीन पटककाे विजेता हाे। भारत दुइ पटक उपविजेता बनेकाे छ भने पाकिस्तान पनि तीन पटकसम्म फाइनल पुगेर निराश भएकाे थियाे।

सन् २००६ काे विश्वकपकाे फाइनलमा पाकिस्तानले भारतलाइ ३८ रनले हराएकाे थियाे। भारत गत स‌स्करणमा फाइनल पुगेपनि वेस्ट इन्डिजसँग निराश भएकाे थियाे।

माघ १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्