देशको चिन्ता नहुनेले राज्यको ढिकुटी रित्याउँदैछ: ओली

सामुदायिक रेडियो प्रसारक संघ अकोराबको १३ औ साधारणसभामा बोल्‍दै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली। तस्बिर-जमुना बर्षा शर्मा/देश सञ्‍चार

पोखरा-नेकपा एमाले का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि ओलि जनताको म्यान्डेट नपाएको सरकारले ढिकुटि रित्याउँदै राज्यलाई ९० अर्ब ब्ययभार बोकाउन काम गरेको बताएका छन्।

सामुदायिक रेडियो प्रसारक संघ अकोराबको १३ औ साधारणसभाको अवसरमा आयोजित राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै ओलीले वर्तमान सरकारप्रति लक्षित गर्दै भने ‘देशको चिन्ता नहुनेहरुबाट लोकप्रिय बन्‍ने भ्रम पालेर गरिएका निर्णयलाई नयाँ सरकारले पुर्नविचार गर्नेछ।

उनले ‘लोकतन्त्रको आधार भनेकै जनताको अभिमत हो।’ उनले बाम गठबन्धन मन नपरे पनि जनमतको कदर गर्न आग्रह गरें । ओलीले निष्ठाको राजनीतिबाटै मुलुकको समृद्धिको सपना र योजना भएको भन्दै जनताले विश्वासले दिएको मतको कदर गरेर देखाउने बताए।

उनले संविधान संशोधनका विषयमा आफ्नो धारणा राख्दै भने ‘संविधान अपरिवर्तनीय दस्तावेज होइन। यो गतिशील हुन्छ। देशको दुरगार्मी समृद्धि सबलीकरणका लागि संविधान संशोधन गर्न सकिन्छ तर देश टुक्राउन गरिने गलत कुराको लाई स्विर्कान सकिदैन।’

उनले संविधानमा भएको विभेदलाई तत्काल हटाउन आफु तयार रहेको बताए। छलफलमा आएर समस्याको समाधान भन्दा पनि मुद्दा बोकेर हिड्नेबाट राष्ट्रको हित नहुने उनको जिकिर थियो।सामाजिक रुपान्तरणमा संचारमाध्यमको भूमिका प्रशंसनिय रहेको भन्दै सभ्य समाजको निर्माणकालागि संचाारमाध्यम अझै जिम्मेवार हुनुपर्ने औल्याए।’सभ्य विकसित र आधुनिक समाज निर्माणमा संचारमाध्यमले देशलाई मिसन बनाएर अघि बढ्नु पर्नेमा जोड दिए। ‘अब बन्‍न सरकार स्वतन्त्रताको हकमा र मिडिया मैत्री सरकार बन्‍ने बताए।

ढिकुटि रित्याउँदै

नेकपा माओवादी नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्ण बहादुर महराले संचार माध्यमले राज्य र समुदाय बीच मेल गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘राज्यले आफ्नो सिद्धान्त र नीतिले समाजलाई डोर्याउन चाहान्छ, त्यो अन्तरविरोधको परिणाम स्वरुप बेलाबेलामा राजनीतिक संघर्ष, आन्दोलन र क्रान्ति हुन पुग्छ।’

राज्यलाई समुदाय प्रति उत्तरदायी गराउन सामुदायिक रेडियोले सशक्त भूमिका खेल्न सफल भएको उनको धारणा थियो । उनले समुदायको उत्थानकोलागि राजनीतिक रुपमा मात्र नभई सांस्कृतिक र सामाजिक विषय उठान र पैठानकालागि पनि जोड दिनु पर्ने बताए।

नपाली काँग्रेसका प्रवक्ता विश्‍वप्रकास शर्माले लोकतन्त्रमा संघीयतालाई संस्थागत गर्न संचारमाध्यम अझ बढि जिम्मेवार र उत्तरदायि हुनुपर्ने बताए। पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा शर्माले भने ‘नेपाली काँग्रेस अब सृजनशिल प्रतिपक्षको भूमिकामा रहेर अघि बढ्छ।’

राजपाका महामन्त्रि मनीष कुमार सुमनले समानतामुलक समाज कुनै एक ब्यक्ति को प्रयासले सम्भव नहुने भन्दै आम जनताको चेतनाकलाले मात्रै सम्भव हुने बताए । नागरिकलाई सुसुचित गराउन रेडियोले खेलेको भूमिमा महत्वूपूर्ण रहेको उनको भनाइ थियो । सुमनले बहुदलिय ब्यवस्था जिवित राख्‍न मिडियाको सक्रियता जरुरी रहेको धारणा राखे।

कार्यक्रममा प्रदेश सभा सदस्य एवं पूर्व मन्त्रि आशा कोइराला, पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादुर जिसी, न्यूनतम पारिश्रमक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सामुदायिक रेडियो विश्व संगठन अमाकका सह अध्यक्ष मिन बहादुर शाही, प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, नेकपा एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापा, लगायतका बक्ताहरुले बोलेका थिए।

पोखरामा जारी देश भरका ३०० जना रेडियो प्रसारकहरुको दुई दिने राष्टिय सम्मेलनले सामुदायिक रेडियोको वर्तमान अवस्था, भूमिका जिम्मेवारी लगायत ब्यवस्थापनका विविध विषय माथि छलफल गर्ने अकोराबका अध्यक्ष सुवास खतिवडाले जानकारी दिए । सोही अवसरमा सामुदायिक रेडियो स्थापना र संस्थागत विकासमा भुमिका खेलेको भन्दै रघु मैनाली, हरी कुमार श्रेष्ठ, घमराज लुँइटेल, गुणाकर अर्याल, भरत भुषाल, चैतन्य सापकोटा र समिर नेपाललाई सम्मान समेत गरिएको थियो।

माघ १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्