आहा रारा गोल्ड कप: पुलिस क्वाटरफाइनलमा

पुलिस र झापाबीच शुक्रबार भएको खेल। तस्बिर: देशसञ्चार

पोखरा- पोखरामा जारी आहा रारा गोल्ड कपको १६ औ संस्करणमा झापालाई हराउँदै नेपाल पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ। १३ औं मिनेटमा सुमन लामाले गरेको गोलको मद्दतले पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको हो।

१४ औं सस्करणमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाईनलसम्मको यात्रा तय गरेको रमपम झापा भने प्रिक्‍वाटरको खेलबाट १६ औं संस्करणको आहा रारा गोल्डकपको यात्रालाई विट मार्‍यो ।

सात पटकको फाईनलिष्ट विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा गोल्डकपमा मोफसलको टोली रमपम झापा ११ लाई कठिन जित निकाल्दै गोल्डकप यात्रालाई अगाडि बढायो । पोखराको मैदानमा नेपाल पुलिस क्लब र रमपम झापा ११ बीचको भेट तेस्रो हो।

दुवैले एक एक जित हासिल गरेका छन्। नेपाल पुलिस क्लबले झापालाई पहिलो आहा गोल्डकपको क्‍वाटरफाईनलमा ३-१ गोल अन्तरले पराजित गरेको थियो।

रमपम झापाले पनि नेपाल पुलिस क्लबलाई १४ औं सस्करणमा प्रिक्‍वाटरकै अन्तिम खेलमा २-० गोल अन्तरले पराजित गरेको थियो। शुक्रबारको खेलले १४ औं सस्करणको झल्को दिएको थियो।

पुलिस क्लबले चार पटक आहाको उपाधि हात पारिसकेको छ। बलमाथिको नियन्त्रण कम, हतार र हताश अनि गलत पासले रमपम झापा हारको स्थितिमा पुग्यो। झापाले ९० मिनेटमा अवसरको सदुपयोग खासै गर्न सकेन ।

३८ औं मिनेटमा सौरभ मगरको पासलाई विकेश लिम्बुले बललाई हेडिङ गर्न भ्याएनन्। ५२ औं मिनेटमा हिसुब थपलियाको क्रसबलाई कर्ण लिम्बुले हानेको हेडबललाई गोलकिपरले पन्च गर्दै बचाउँदा झापाले कर्नरको मौका पायो।

एक गोलले पछि परेपछि निकै हतारिएको झापाले बलमाथिको नियन्त्रण लिने प्रयास गरेपनि पुलिस टोलीले असफल बनाईदिए। खेलको ८ औं मिनेटमा पुलिसका सुमन लामाले पहिलो मुभलाई खेर फाले । हेम तामाङले मिलाईदिएको पासलाई गोलकिपर मात्रै भएको अवस्थामा पनि प्रहार गर्नबाट चुकिदिए।

५७ औं मिनेटमा म्यान अफ दि म्याच रवि पासवाको क्रस बललाई अभिषेक रिजालले हानेको ‘लो’ हेडबललाई डिफेन्सको खुट्टामा लागेपछि कर्नर हुन पुग्यो।

७६ औं मिनेटमा पनि सन्तोष हेमसारुको पासलाई तेज तामाङले सिक्सयार्ड बक्सबाट गरेको फ्लिक आउट हुन पुग्यो। शनिबार उत्तर बरिन्धरा बंगलादेशसँग सुदुर पश्चिम ११ ले पहिलो क्र्वाटरफाईनल खेल खेल्ने छ।

 

सम्बन्धित समाचारहरु…

आहा रारा गोल्डकप: धरान फुटबल क्लब क्वाटरफाइनलमा

आहा रारा गोल्डकप:उद्घाटन खेलमै बाहिरियो आयोजक ‘साहारा क्लब’

माघ १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्