काठमाडौं – देशभरको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रका केही ठाउँमा आंशिक बदली भए पनि देशका अधिकांश ठाउँमा मौसम सफा रहने मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् ।

तराईका जिल्लामा अहिले बाक्लो हुस्स लागे पनि दिउँसो लाग्दै गएपछि हड्ने र मौसम सफा रहने उनले बताइन् । काठमाडौंमा बिहानैदेखि घाम लागेको छ र दिनभर मौसम सफा रहने महाशाखाले जनाएको छ ।

अब पानी पर्ने सम्भावना नरहेको र क्रमिक रुपमा न्युनतम तापक्रम बढ्न थालेकाले बिस्तारै जाडो हट्दै जाने मौसमविद पोख्रेलले बताइन् ।

माघ १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्