फ्रान्सको राजधानी पेरिसमा बाढी (तस्बिरसहित)

तस्बिर : एएफपी

फ्रान्सको राजधानी पेरिसमा बाढीको जोखिम बढेको छ । लगातारको वर्षासँगै पेरिस हुँदै बग्ने सेन नदीमा पानीको सतह खतरको स्तरमा पुगेको छ । यसले गर्दा नदीको छेउमा रहेका घर तथा व्यापार व्यवसाय डुबानमा पर्ने खतरा रहेको छ ।

नदी छेउका केही घरको भूईँ तला वा बेसमेन्टमा पानी पसिसकेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सेन नदीमा पानीको सतह अझै बढ्ने अनुमान गरिएको छ ।

सामान्य अवस्था भन्दा अझै धेरै मिटर पानीको सतह बढ्ने देखिएको छ । अहिले पेरिसका सडकमा पानी जमेको छ । सेन नदीमा चल्ने मोटरबोट सेवा रोकिएको छ । आइफेल टावरसहितका पेरिसका प्रमुख पर्यटकीय गन्तव्य समस्यामा छन् ।

सेन नदीमा पानीको सतह ६ मिटरसम्म पुग्ने अनुमान छ, जुन सामान्य भन्दा चार मिटर बढी हो । बाढीका कारण रेल सेवा आउँदो हप्तासम्मका लागि बन्द गरिएको छ ।

माघ १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्