बंगलादेश आहा राराको सेमिफाइनलमा प्रवेश

पोखरा- सुदुर पश्चिम ११ स्पोर्टिङ क्लबलाई हराउदै उत्तर बरिन्धरा क्लब बंगलादेश आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ।

सुदुर पश्चिम ११ स्पोर्टिङ क्लबको चुनौतिलाई २—१ ले पन्छाउँदा अन्तिम पाँच मिनेटभित्र आफना दुई खेलाडी रातो कार्ड खादै मैदानबाट बाहिरिए।

७४ औंं मिनेटमा मिदो मासाले गोल गर्दै पाहुना टोलीलाई उत्साहित बनाउँदा दर्शक र सुदुर टोलीमा निराश छायो । सायल्ला सोन्लेमानेले डिबक्सबाट सिधै गोलपोष्टमा हानेको ग्रासबललाई अफसाईड विट गर्दै म्यान अफ दि म्याच मिदोले हल्का टचलाई सेकेण्ड बार हुदैं जालीसम्म पुर्‍याए।

खेलमा फर्किने अवसर सुदुरपश्चिमलाई दुई मिनेटपछि मिल्यो । ७६ औं मिनेटमा डिबक्सभित्र जिन्टुको ह्याण्ड भएपछि सुदुरपश्चिमले पेनाल्टीको अवसर पाएको थियो।

तर बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका धिरज गुरुङको फितलो प्रहारलाई बंगाली गोलकिपरले सही निर्णय गर्दै बचाउ गरेपछि सुदुर हार तर्फ उन्मुख हुदैं गएको थियो।

मनिर आलमले सेन्टरलाईन नजिकैबाट दिएको पासलाई रातो कार्ड खाँदै बाहिरिनु अघि ८३ औं मिनेटमा सयल्ला सोन्लेमानेले हानेको बल कर्भ हुदैं फष्टबारमा जाली हल्लाउन पुग्यो। तर खेलको ८८ औं मिनेटमा विनोद केसीले गोल गर्दै सुदुर पश्चिमको आशा जगाउने प्रयास गरे।

थपिएको पाँचमिनेटमा सुदुरपश्चिमका अफ्रिकन खेलाडीद्वय सोन्लेमाने र कोण्डे लानसाने दुई-दुई पहेलो कार्ड(रातो) खाँदै मैदान छोड्न बाध्य भए।

रेफ्री विरुद्ध अभद्र व्यवहार गरेपछि रेफ्री सुदेश कुमार पाण्डेले उनीहरुलाई रातो कार्डको दर्शन गराउँदै मैदान बाहिर पठाए।

बंगलादेशले एपिएफ र थ्रीस्टरको बिजेटा सगँ माघ १५ गते खेल्ने छ । आईतबारको खेल त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लबबीच खेल हुनेछ।

 

सम्बन्धित समाचारहरु…

आहा रारा गोल्ड कप: पुलिस क्वाटरफाइनलमा

आहा रारा गोल्डकप: धरान फुटबल क्लब क्वाटरफाइनलमा

माघ १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्