घरेलु प्रतिस्पर्धामा यो सिजन राम्रो प्रदर्शन गर्न नसकेको भन्दै आलोचना हुँदै आएकोमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पछिल्ला खेलमा लयमा फर्किएको संकेत गरेका छन् ।

लयमा फर्किँदै रोनाल्डो, रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा भ्यालेन्सियालाई ४–१ ले हराउने क्रममा रोनाल्डोले दुई गोल गरेर सबैको ध्यान आफूतिर ताने । यो खेलमा रोनाल्डोले गोलले मात्रै होइन अर्का गोलकर्ता मार्सेलोलाई गरेको व्यवहारले पनि सबैको ध्यान खिचेको छ ।

रोनाल्डोले १६ र ३८ औँ मिनेटमा गोल गरेको खेलमा मार्सेलोले ८४ तथा टोनी क्रसले ८९ औँ मिनेटमा गोल गरे । मार्सेलोले टिमका लागि तेस्रो गोल गरेपछि त्यसको खुशीयाली साथीहरुसँग साटिरहेका थिए ।

त्यहिबेला मार्सेलोको पछि रहेका रोनाल्डोले उनलाई जिस्क्याए । रोनाल्डोले मोर्सेलोको हिपमा औँलाले घोचेर जिस्क्याएका हुन् । मार्सेलोको हिपमा औँलाले घोच्ने क्रममा रोनाल्डो हाँसिरहेका छन् ।

माघ १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्