हराउँदै गएको थारु लोक कलाबारे ललितकलाद्वारा प्रशिक्षण

बाँके-हराउँदै गएको लोककलाको प्रर्द्धन गर्न ललितकला प्रज्ञा प्रतिष्ठान लोक कला विभागले कोहलपुरमा तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्‍न गरेको छ।

कार्यशालामा थारु सँस्कृति अन्तर्गत पर्ने अवधि कलाको प्रशिक्षण दिइएको थियो। अघिल्लो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्न नपाउँदा अवधि कला हराउँदै गएको छ।

कार्यशालामा सहभागी करिब ३० जना कलाकारले यसलाई ब्यूताउने प्रयास गरेका छन्। तीन दिने प्रशिक्षणमा तयार भएका चित्रहरुमा अवधी कलाप्रति नयाँ पुस्ताको चासो देखिएको थियो।

थारु संस्कृति अन्तर्गत कृष्ण जन्माष्टमीमा घरको भित्तामा बनाइने चित्रकलालाई प्रशिक्षार्थीहरुले आ आफ्नो शैलीमा प्रस्तुत गरे । महाभारतका कथाहरुलाई चित्रमा प्रस्तुत गर्ने सिप उनीहरुले तीन दिनमै सिके।

प्रतिष्ठानका लोक कला विभाग प्रमुख तथा कार्यशालाका प्रशिक्षक एससी सुमनले प्रशिक्षार्थीका चित्रबाट निकै प्रभावित भएको बताए।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्यमा मंगलबारदेखि बिहीबारसम्म चलेको प्रशिक्षणमा बाँके, बर्दिया, दाङ, कैलाली, कपिलवस्तु लगायतका जिल्लाका कलाकारको सहभागीता रहेको थियो।

माघ १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्