प्राइज वार भन्दा टच एण्ड फिल गराउने हाम्रो उद्देश्य: ‘हुवावे’

काठमाडौं- सूचना प्रविधिमा चासो हुने व्यक्तिहरुका लागि राम्रो अवसर बन्दै क्यान इन्फोटेकमा आम मानिसहरुको सहभागीता बढ्दो क्रममा रहेको छ। नेपालमा प्रविधि सँग सम्बन्धित सामान उत्पादन र बिक्रि वितरण गर्दै आएका कम्पनीहरु क्यान इन्फोटेकलाई बजार प्रवर्धनको अवसरको रुपमा लिन थालेका छन्।

‘हुवावे’ स्मार्टफोनको नेपालका लागि आधिकारिक बिक्रेता कल मोबिलिटी प्रालिका मार्केटिङ म्यानेजर रोशन न्यौपाने इन्फोटेक आफ्नो प्रोडक्टबारे उपभोक्तालाई बुझाउने राम्रो अवसर भएको बताउँछन्।

उनि भन्छन्, हामीहरुले इन्फोटेकलाई प्राइज वार गर्ने भन्दा पनि ग्राहकलाई प्रोडक्टबारे जानकारी गराउने अवसरको रुपमा लिएका छौं।  उनि  ‘हुवावे’ कम्पनीका मोबाइलबाट उपभोक्ता सन्तुष्ट रहेकाले आफुहरुले प्राइज वार गर्ने नपर्ने दावी गर्छन।  न्यौपाले क्यानमा मोवाईल खरिद गर्ने ग्राहकहरुलाई मूल्य घटाउनु भन्दा पनि उपयोगी  गिफ्टहरु दिने बताउँछन्।

न्यौपाने ‘हुवावे’ कम्पनीले नेपाली बजारमा ७ हजार रुपैयाँ देखि १ लाख ३ हजार रुपैयाँ सम्मका १२ मोडेलका विभिन्‍न फोनहरु बिक्रि वितरण गरिरहेको बताउँछन्।

उनले क्यानमा ग्राहकहरुले अधिक रुचाएको ‘नोभा २ आई’ फोनका सुविधाबारे जानकारी दिने गरिएको बताए। उनले भने पसलमा ग्राहकले फोनलाई टच र फिल गर्न पाउनु हुन्‍न, यहाँबाट हामीहरुले मोबाईलका फिचर र उपयोगिताबारे जानकारी दिने गरेका छौं। न्यौपाले ‘नोभा २ आई’ मध्ययम रेन्जमा नेपाली उपभोक्ताहरु समक्ष पहिलो रोजाईमा रहेको फोन भएको दावी गर्छन। चार क्यामेरा भएको फोनको मूल्य  कर सहित ३३ हजार ९ सय रुपैयाँ पर्ने उनले जानकारी दिए।

मेट १० प्रो सार्वजनिक  

न्यौपालेले प्रिमियम रेन्जको मेट १० प्रो’ मोडलको मोबाईल क्यानबाट सार्वजनिक गरेको जानकारी दिए। उनका अनुसार स्मार्टफोनको मूल्य १ लाख ३ हजार रुपैयाँ राखिएको छ । उनले ब्याट्री क्षमता ४ हजार एमएएच तथा क्यामरा २० मेगापिक्सेल, ६ जीबी र्याम तथा १२८ जीबी रोम मेमोरी रहेको यो मोवाइल तौल झण्डै १७८ ग्राम मात्र रहेको बताए ।

उनका अनुसार मोवाइलका अन्य बिशेषताहरुमा १८ बाइ ९० डिस्प्ले, २१६० बाइ १०८०–४०२ पिपिआई, कलर स्याचुरेशन ११२ प्रतिशत लगायत रहेका छन्।

 

 

माघ १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्