मिनिट्रक र मोटरसाइकल ठोक्किँदा दम्पतीको मृत्यु

सल्यान – सल्यानमा मिनिट्रक र मोटरसाइकल ठोक्किँदा एक दम्पतीको ज्यान गएको छ । आइतबार बेलुका उकालोमा स्टाट बन्द भएको मिनिट्रकसँग मोटराइकल ठोक्किएको हो ।

उकालोमा स्टाट गर्ने प्रयासमा रहेको रा १ ख ९३९ नम्बरको मिनिट्रकसँग पछाडिबाट आएको रा ३ प ८५९६ नम्बरको मोटसाइकल ठोक्किएको हो ।

दुर्घटनामा मोटसाइकलमा सवार रुकुमको मोराबाङका ३२ वर्षे दीलिप बुढा र उनकी श्रीमती ३० वर्षे सम्झना पुनको ज्यान गएको सल्यान प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा राति सवा ९ बजे ज्यान गएको हो । दुवै सवारी साधान अहिले प्रहरीको नियन्त्रणमा छन् ।

माघ १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्