देउवा सरकारका गलत निर्णय हामी खारेज गर्छाैँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नवनिर्वाचित अध्यक्ष राजेशकाजी श्रेष्ठलाई बधाई दिँदै

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनमत गुमाएको शेरबहादुर देउवा सरकारले तत्काल सत्ता हस्तान्तरण गर्नुको साटो इमान तथा विधान विपरित निर्णय गरेर देशप्रति गैरजिम्मेवार व्यवहार प्रस्तुत गरेको आरोप लगाएका छन्।

ओलीले अर्थतन्त्रलाई धक्का पुग्ने गरी एकपछि अर्को गर्दै गरिएका निर्णय सरकारले तत्काल खारेज गर्नु पर्ने समेत बताएका छन्।

वर्तमान सरकारले आफ्ना गलत निर्णय खारेज नगरे आगामी सरकारले त्यो सच्च्याउने वा खारेज गर्ने उनको दाबी छ।

नेपाल चेम्बर अफ कमर्सको ६७ औँ अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष राजेशकाजी श्रेष्ठसहित निर्वाचित पदाधिकारीलाई स्वागत तथा बधाइ दिन पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सोमबार आयोजित कार्यक्रमलाई संवोधन गर्दै ओलीले आगामी सरकारले विकास र समृद्धिका लागि संविधान अनरुप नै काम गर्ने दाबी गरेका छन्।

माघ १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्