‘सुरक्षित र व्यावसायिक नर्सिङ सेवाको खाँचो’ (फोटो फिचर)

‘नर्सिङ व्यवसायका लागि एकता’ भन्‍ने मूख्य नारासहित सोमबार ५६औं राष्ट्रिय नर्सिङ दिवसमा सोमबार निकालिएको र्‍याली। तस्बिर-सुभल श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं-‘नर्सिङ व्यवसायका लागि एकता’ भन्‍ने मूख्य नारासहित सोमबार ५६औं राष्ट्रिय नर्सिङ दिवस विभिन्‍न कार्यक्रम मनाइएको छ।

नेपाल नर्सिंङ संघको वार्षिकोत्सवको अवसरमा निकालिएको र्‍याली माइतीघर मण्डलादेखि त्रिपुरेश्‍वर ‍रत्‍नपार्क, प्रदर्शनीमार्ग हुँदै पुन: मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।

विज्ञापन

विभिन्‍न अस्पतालमा आवद्ध नर्स, नर्सिङ अध्ययन गरिरहेका विद्यार्थी लगायत सामेल र्‍यालीका सहभागीले नर्सिङ सेवालाई सुरक्षित र व्यावसायिक बनाउन सरकारसँग माग गरेका थिए।

संघक उपाध्यक्ष अप्सरा पाण्डेले नर्समाथि व्याप्त श्रमशोषणको अन्त्य नभएसम्म नर्सहरुले प्रभावकारी सेवा दिन नसक्ने बताइन्।

 

तस्बिरहरु-सुलभ श्रेष्ठ/देश सञ्‍चार

 

माघ १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्