स्रोत नखुलेको सम्पत्ति अभियोगमा चूडामणिविरुद्ध अदालतमा मुद्दा

फाइल तस्बिर

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार करोड २९ लाख ५४ हजार १२४ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको सम्पत्तिको छानबिन गर्दा अस्वभाविक देखिएको भन्दै आयोगले आज बिगो असुल उपर गरी कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो।

विज्ञापन

सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् विसं २०७३ मंसिर मसान्तसम्म रु तीन करोड ६३ लाख ७२ हजार ९६१ आर्जन गरेको देखिएको छ ।

आयोगका अनुसार सोही अवधिमा चल अचल सम्पत्ति एवं शेयर लगानीलगायतमा अध्ययन गर्दा रु सात करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिन आएको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार विगोबमोजिम जरिवाना र कैद सजायको मागका साथै शर्माले स्रोत पुष्टि गर्न नसकेको रकम जफथ गर्ने मागदाबीसहित मुद्दा दायर गरिएको हो। रासस

 

सम्बन्धित समाचारहरु…

९८ हजार घुस रकमसहित वन रक्षक पक्राउ

 

माघ १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्