डेविड बेकह्यामले घोषणा गरे एमएलएस टिम, खेलाडीबाट मालिक बन्ने पहिलो

डेविड बेकह्याम

इंग्ल्याण्डको राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान डेविड बेकह्यामले अमेरिकाको मायामीमा मेजर लिग सकर टिमको घोषणा गरेका छन् । बेकह्यामले लामो तयारीपछि टिमको घोषणा गरेका हुन् ।

डेविड बेकह्यामलेअहिले नाम सार्वजनिक नगरिएको टिमले २५ हजार दर्शक क्षमताको रंगशालमा खेल्नेछ । जुन मायामी शहरको ओभरटाउन नेभरहुडमा हुनेछ । आफ्नो पूर्व क्लब एलए ग्यालेक्सीसँग फ्रेन्चाइज किन्नका लागि बेकह्यामले सन् २०१४ देखि प्रयास गरेका थिए ।

डेविड बेकह्यामलेम्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर ४२ वर्षे बेकह्यामले मायामी शहरमा एमएलएस टिम ल्याउन पाउनु खुशीको कुरा रहेको बताएका छन् । एमएसएलमा खेल्नका लागि आफूले ल्याउन लागेको टिम लिगकै उत्कृष्ट टिम हुने उनले बताए ।

डेविड बेकह्यामलेएमएलएस कमिसनले मायामीलाई टिम बनाउनका लागि सोमबार औपचारिक अनुमति दिएको थियो । सन् २००७ मा रियल मड्रिडबाट एलए ग्यालेक्सी गएका बेकह्याम एमएलएसका त्यस्ता एक मात्र खेलाडी हुन्, जो अब टिमको मालिक बनेका छन् । एमएलएसमा दीर्घकालीन सम्भावना देखेर नै आफू एलएमा जोइन भएको बेकह्यामले बताए । डेविड बेकह्यामले

माघ १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्