क्‍यान इन्फोटेकमा ‘सगुन’ बन्‍यो अवलोकनकर्ताको साथी

काठमाडौं- सूचना तथा सञ्‍चार र प्रविधिको कुम्भमेला ‘क्यान इन्फोटेक २०१८’को मौका पारेर सामाजिक सञ्‍जाल ‘सगुन’ले अवलोकनकर्ताहरुको मन जित्‍न सफल भएको छ।

राजधानीको भृकुटीमण्डमा ६ दिनसम्‍म चलेको प्रदर्शनीमा सगुनले प्रविधिमा भएका नयाँ विकसित फिचरहरुको जानकारी दिँदै अवलोकन गर्न आउनेहरुको मन जितेको सगुनका नेपाल प्रवक्ता अजय शिवाकोटीले देश सञ्‍चारलाई बताए।

उनले भने, ‘ क्यान इन्फोटेक २०१८मा सगुनको स्टलमा आउने अवलोकताहरु फिचर थाहा पाएपछि हर्षित भएका छन्। स्टलमा अवलोकन कर्ताको भीड लागेको छ। उहाँहरुले त्‍यही स्टलमै एप्स डाउनलोड गरेर चलाउन समेत थालि सक्‍नुभयो।’

‘प्रयोगकर्ताहरुको पहुँचमा पुर्‍याउन र सम्बन्ध बनाउने उद्देश्‍यका साथ समाजिक सञ्‍जाल ‘सगुन’लाई हामीले क्‍यान मेलालाई रोजेका हौ। ‘उनले भने।

अन्य सामाजिक सञ्‍जाल जस्तै सगुनले पनि विश्‍वभरिका मानिससम्म पुग्‍ने प्ल्याटफर्म दिएको साथै प्रयोगकर्ताबीचको सम्बन्धलाई सुमधुर बनाउन प्रोत्साहित गरेको उनले दाबी गरे।

उनका अनुसार सगुनले प्रयोगकर्ताको गोपनियतालाई ध्यान दिंदैं च्याटमा भएका कुराहरु सिस्टममा स्टोर नहुने प्रविधिको विकास गरेको बताए। उनले भने, ‘माई डे , सेक्रेट र मुड टक लगायतका फिचरले मानिसको दैनिक जीवनलाई सहज र सरल बनाउनुका साथै बन्धुत्वको नाता समेत कायम गर्दछ।’

सगुनमा साथी बनेकाहरुले तीन प्रकारले फिचरहरु चलाउन सक्‍नेछन् जसमा साथी,सहकर्मी र परिवार रहेका छन्। आफू अनुकलु चलाउन मिल्‍ने फिचर ‘मुड टक’ बनाइएकाले सगुन अरु सामाजिक सञ्‍जालभन्दा निक्‍कै फरक तर मानव समाजका लागि व्‍यवहारिक रहेको शिवाकोटीको दाबी छ।

उनले भने, ‘ सगुनले खुसी भएको क्षणलाई पनि धेरै खुसी र दुखी दुवैको अभिव्‍यक्तिलाई सेयर गर्न सक्‍ने ठाउँ दिएको छ। प्रयोगकर्ताले आफू अनुकुलको परिस्थितिलाई सगुनमा पोस्ट गर्न सक्‍नेछन्। ‘

यस्तै हालै मात्र भारतमा सार्वजनिक गरिएको सगनु एप्सले एन्ड्रोइडका प्रयोगकर्तालाई सजिलो बनाइदिएको छ भने आईओएसका उपभोक्ताका लागि पनि चाडै उपलब्ध गराउने योजना रहेको कम्पनले जनाएको छ।

कनेक्ट, सेयर र अर्न नारा लिएर आएको सगुनको एपबारे खासगरी युवाहरुको चासो देखिएको थियो। सगुनका स्वयंसेवकहरुले मेलामा आउनेहरुलाई मोवाइल एप प्रयोग गर्ने तरिका सिकाएका थिए भने प्रत्येक दिन लक्की ड्र मार्फत पुरस्कारको समेत व्‍यवस्था गरिएको थियो।

माघ १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्