अशोक लेलैण्डको नयाँ क्याप्टेन टिपर नेपालमा

काठमाडौं – क्याप्टेन टिपरको नेपालमा बिक्रीवितरण सुरु भएको छ । आइएमई मोटर्सले अशोक लेलैण्डको क्याप्टेन टिपरसहितका गाडीको बिक्रीवितरणको औपचारिक सुरुवात सोमबारदेखि गरेको हो ।

होटल हयात रेजेन्सीमा विशेष कार्यक्रम गरी नयाँ गाडीहरु औपचारिक रुपमा लञ्च गरिएको हो । यसको आधिकारिक विक्रेता आइएमई मोटर्स आइएमई ग्रुत अन्तर्गतको अटोमोबाइल सेवा प्रवाहक संस्था हो ।

कार्याक्रममा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैण्ड लिमिटेडका ग्लोबल ट्रक प्रेसिडेन्ट अनुज कथुरियाको उपस्थिति रहेको थियो ।

भारतमा सन् २०१४ मा लञ्च भएको क्याप्टेन सिरिजमा १६ देखि ४९ टनसम्मका विभिन्न प्रकारका टिपर, ट्रयाक्टर र ट्रक उपलब्ध छन् ।

माघ १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्