लिभरपुलको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले सहज जित निकालेको छ । अवे मैदानमा भएको खेलमा लिभरपुलले हडर्ल्सफिल्ड टाउनलाई ३–० ले हराएको हो ।
लिभरपुलको जितमा एमरी क्यान, राबर्टो फिरमिनो र मोहम्मद सालहले गोल गरे । २६ औँ मिनेटमा क्यानको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो । पहिलो हाफको इन्जुरी समयका फिरमिनोले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
फिरमिनोले सबै प्रतियोगितामा गरेर यो सिजन १९ गोल गरिसकेका छन् । पहिलो हाफमा २–० को अग्रता लिएको टिमलाई ७८ औँ मिनेटमा मोहम्मद सालहले पेनाल्टी मार्फत गोल गर्दै ३–० को जित दिलाए ।
जितपछि चौथो स्थानको लिभरपुलको २५ खेलबाट ५० अंक भएको छ । उसले तेस्रो स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ भने पाँचौँ स्थानको टोटनह्याम भन्दा पाँच अंकको अग्रता लिएको छ ।
सम्बन्धित सम्मचार…
भिएआरको ऐतिहासिक प्रयोग, लिभरपुल हार्यो
म्यान सिटीलाई हराएको लिभरपुल स्वान्सीसँग खेल्दै