मेलाको अन्तिम दिन बुधबार व्रतालु । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

भक्तपुर – हरेक वर्ष भक्तपुरको हनुमानघाटमा लाग्ने एक महिने माधवनारायण मेला बुधबार समापन भएको छ । पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला बुधबार बिहानै समापन गरिएको हो ।

चन्द्रग्रहण परेकाले बिहानै माधवनारायण मेलाको समापन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । यो मेला अन्तर्गत हनुमानघाटमा माघ महिनाभर व्रत बसिन्छ ।

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको यहाँका पुजारी चिरञ्जनराज राजोपाध्यायले जानकारी दिए ।

नेपाल सम्वत ७२२ मा राजा रणजित मल्ल आफैले व्रतको व्यवस्थापन गरेको कुरा शिलालेखमा उल्लेख छ ।

माघ १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्