अफगानिस्तानमा ६.१ म्‍याग्‍निच्‍यूडको भूकम्प

अफगानिस्तान- अफगानिस्तानमा ६.१ म्‍याग्‍निच्‍यूडको भूकम्प गएको छ।

बुधबार बिहान अफगानिस्तानको हिन्दू कुश क्षेत्रमा भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ।

भूकम्पले छिमेकी पाकिस्तानमा समेत असर परेको छ। भूकम्पको केन्द्र विन्दु अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर टा९ा छ।

उक्त क्षेत्र केही सातादेखि नै कमजोर रहेकाले त्‍यहाँ भूकम्प गएको हुन सक्‍ने भूगर्भविद्हरुले बताएका छन्।

माघ १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्