ओलिभर अब आर्सनल होइन चेल्सीमा, एमरिकलाई कीर्तिमानी मूल्य

आर्सनलका स्ट्राइकर ओलिभर जिरउड चेल्सीमा अनुबन्धित भएका छन् । ३१ वर्षका फ्रान्सेली जिरउडले चेल्सीसँग १८ महिनाको सम्झौता गरेका हुन् ।

चेल्सीले उनका लागि १८ मिलियन पाउण्ड तिरेको छ । आर्सनलमा रहँदा उनले २५३ खेलमा १०५ गोल गरे । उनी उनी सन् २०१२ को जुनमा १२ मिलियन पाउण्डमा मोन्टपिलरबाट आर्सनल आएका थिए ।

यस्तै बोरुसिणा डर्टमुण्डले चेल्सीका फरवाड्स मिसी बाट्सुयीलाई अनुबन्धित गर्ने पनि घोषणा गरेको छ । उनलाई सिजनको अन्त्यसम्ममा क्लब भित्र्याउने सहमति बनेको डर्टमुण्डले जनाएको छ । अहिलेलाई उनी लोनमा क्लब आएका हुन् ।

विन्टर ट्रान्फर विण्डोको अन्तिम दिन बुधबार बोरुसिया डर्टमुण्डका पिएर एमरिक आर्सनलमा अनुबन्धित भएका छन् । आर्सनलले एमरिकलाई क्लबको कीर्तिमानी मूल्य ५६ मिलियन पाउण्डमा क्लब भित्र्याएको हो ।

एमरिकलाई भित्र्याएको आर्सनलले जिरउडलाई बेचेको हो । अनुबन्धपछि जिरउडले आर्सनलमा आफूले साढे पाँच वर्ष राम्रोसँग बिताएको उल्लेख गरेका छन् ।

माघ १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्