काठमाडौं – निकै दुर्लभ मानिएको खग्रास चन्द्र ग्रहण बुधबार बेलुका नेपालसहित विश्वका विभिन्न देशबाट देखियो । बुधबार लागेको चन्द्र ग्रहण १५२ वर्षपछि देखिएको दुर्लभ खगोलीय घटना हो । एक महिनाका भित्रका दुई पूर्णिमा पूर्ण चन्द्र ग्रहण लाग्दा हुने ब्लु मुन परेकाले यो दुर्लभ घटना हो ।

बुधबार बेलुका पृथ्वीको एक मात्र उपग्र्ह चन्द्रमा पृथ्वीको नजिक आएको थियो । यो चन्द्रग्रहण नेपालसहित अमेरिकाको अलस्का, अस्ट्रेलिया, एसियाका विभिन्न देश, युरोपका ‍केही देशबाट यो दृश्य देखियो ।

बुधबार सुपर मुन, ब्लु मुन र ब्लड मुन गरी तीनवटा दुर्लभ खगोलीय घटना एकसााथ भएका छन् । चन्द्रमा पृथ्वीको सबै भन्दा नजिक आउने र सामान्य अवस्थाको पूर्णिमामा भन्दा १४ प्रतिशत बढी चम्किलो देखिनु सुपरमुन हो ।

यस्तै एक महिनाभित्र दुईपटिक पूर्णिमा पर्नु ब्लु मुन हो, यसपटक जनवरी महिनामा दुईपटक पूर्ण चन्द्र देखियो । यसपल्ट जनवरी २ र त्यसको २९ दिनपछि बुधबार ३१ जनवरीका दिन पूर्णिमा परेकाले ब्लु मुन देखिएको हो ।

कहाँबाट कस्तो देखियो चन्द्र ग्रहण

अमेरिकाको अलस्का । तस्बिर : डन जोलिङ/एपी
सेलिमियी मस्जिद, टर्की । तस्बिर : एनाडुलु एजेन्सी/गेट्टी इमेज
स्वाल्बार्ड, नर्वे । तस्बिर : हेइको जुङगे/इपिए
ल्यानसेलिन, अस्ट्रेलिया । तस्बिर : पउल केन/गेट्टी इमेज
साखालिन आइल्याण्ड, रुस ।तस्बिर : सर्गेइ क्रास्नोउखोभ/टास
जेरुसेलम, इजरायल । तस्बिर : मेनाहेम काहाना/एएफपी/गेट्टी इमेज
वासिङ्टन डिसी, अमेरिका ।तस्बिर : माइकल रेनोल्डस/इपिए
मेसेडोनिया । तस्बिर : जर्जी लिकोभ्स्की/इपिए
स्काइ ओर हल, बेलायत । तस्बिर : ड्यानी लसन पिए
काठमाडौंको कलंकी, नेपाल ।तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

 

माघ १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्