ग्यास्ट्रिकबाट बच्न के गर्ने ?

काठमाडौं – हामी मध्ये धेरै ग्यास्ट्रिक लिएर बाँचेका छौँ । वा यसो भन्दा फरक पर्दैन कि ग्यास्ट्रिकसहित बाँचेका छौँ ।
जिब्रोको भाषामा भोजन गर्ने जोसकै पनि ग्यास्ट्रिक का सिकार हुने गरेको चिकित्सक बताउँछन् ।
प्रायजसोले जिब्रोलाई मन पर्ने स्वादको खानेकुरा खाने गर्छन्, जस्तै : मसालेदार, पिरो, अमिलो, भुटेको, तारेको खानेकुरा ।
यस्ता खानेकुराले रगतमा अपिलोपन (अम्ल) बढाउँछ । यसले गर्दा उत्पादन हुने अम्लीय विषका कारणले पित्ताशय र आन्द्रालाई कमजोर पार्छ।
स्वस्थ्य रहन कस्तो खानेकुरा खानु पर्छ भन्ने ज्ञानको अभावले गर्दा नै पेट सम्बन्धी रोगले सताउने चिकित्सकको भनाई छ ।
स्वस्थ्य रहन सन्तुलित आहार लिनुपर्ने र सन्तुलित आहारमा सबै प्रकारका पैष्टिक तत्व हुनुपर्छ भन्छन् वीर अस्पतालका डा. भुपेन्द्र बस्नेत ।
यूनिभर्ससिटी अफ मेडिकल सेन्टरका अनुसार हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरिया कारण ग्यास्ट्रिक हुन्छ । यसले गर्दा अल्सरको खतरा पनि बढाउँछ ।
ग्यास्ट्रिकका लक्षण
अपच हुने
छाती पोल्ने
पेट दुख्ने
भोक नलाग्ने
वाकवाकी र वान्ता हुने
साह्रो दिसा आउने
यसबाट बच्ने उपाय ?
खानेकुरामा विशेष ख्याल राख्ने, सन्तलित भोजन गर्ने
हतार भयो भन्दैमा छिटो नखाने, खाना खाँदा राम्रोसँग चपाएर खाने
जाड रक्सी नपिउने
धुम्रापान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने
जंक फुड (पत्रु खाना) नखाने, वा प्याकेटजन्य खानेकुरा कम प्रयोग गर्ने
प्रसस्त मात्रामा पानी पिउने
पोषणयुक्त खानेकुरा बढी खाने ।