काममा दुई मिनेट ढिलो भएपछि बेलायती मन्त्रीले दिए राजीनामा

लन्डन-सामान्यतया काममा ढिलो पुग्दा माफी माग्‍नु पर्याप्त प्रायश्चित मानिन्छ । तर एक जना बेलायती मन्त्रीका लागि त्यो पर्याप्त बनेन ।

बुधबार बेलायती संसदको माथिल्लो सदनका सदस्य तथा अन्तर्राष्ट्रिय विकास मामिला सम्बन्धी मन्त्री लर्ड बेट्सले संसदमा आफु ढिलो भएकोमा ६० सेकेण्ड लगाएर क्षमायाचना गरे अनि राजिनामाको घोषणा गर्दै संदनबाट बाहिरिए।

‘म इमान्दारिताका साथ व्यारोनेस (सदनकी महिला सदस्य) लिस्टर समक्ष मेरो असिस्टताका लागि क्षमा चाहन्छु, उहाँको अत्यन्तै महत्वपूर्ण प्रश्नको जवाफ दिन आफ्नो ठाउँमा समयमा पुग्न नसकेकोमा,’मन्त्री बेट्सले आफ्ना सहकर्मीसमक्ष उभिदै भने,’ यो ठाउँबाट सरकारका तर्फबाट विगत पाँच वर्षमा सदस्यहरुका प्रश्नको उत्तर दिने सम्मान हासिल गर्दै आएको छु मैले ।’

उनले थपे,’हामीहरुले सरकारका तर्फबाट सदस्यहरुको वैधानिक प्रश्नका उत्तर दिँदा सँधैनै एकअर्काप्रति उच्चस्तरको सम्मान र सिस्टाचार देखाउनु पर्छ भन्ने मान्यता मेरो रहिआएको छ।’

उनी मात्र दुई मिनेट ढिलो भएका थिए। बेट्सले भने,’ म एकदमै लज्जीत छु, आफ्नो स्थानमा हुन नसकेकोमा । त्यसकारण म प्रधानमन्त्री समक्ष आफ्नो राजिनामा दिने छु, तत्काल लागू हुने गरी ।

‘म क्षमायाचना गर्छु,’आफ्नो सामान उठाएर सदनबाट बाहिरिनु अघि फेरी उनले भने ।
उनको क्षमायाचनाको प्रसंगले केही सेकेण्डमै राजिनामाको स्वरुप लिएपछि सदनमा उपस्थित सदस्यहरु स्तव्ध भए।

त्याहाँको नाटकीय भिडियोमा अरु सदस्ययहरु आफ्नो स्थानबाटै कराएको सुनिन्थ्यिो,’ हुन्‍न हुन्न ।’

केही सदस्यहरु त अविश्वासमै हाँसेको समेत देखिन्थे । अन्य केही उनलाई समातेर सदनभित्र ल्याउने प्रयासमा थिए ।

बेट्सको राजिनामा घोषणाकै बीचमा व्यासिल्डोनकी व्यारोनेस स्मिथले भनिन,’लर्ड बेट्सको क्षमायाचनानै पर्याप्त छ । यो सामान्य असिस्टता हो, जुन हामी कसैबाट कुनै पनि समयमा हुन सक्छ ।’

व्यारोनेस लिस्टरले मन्त्री बेट्ससँग राजिनामा फिर्ता लिन आग्रह गरेको गार्डियन पत्रिकाले जनाएको छ।

‘मन्त्री बेट्सले मेरो कारणले राजिनामा गरुन भन्ने चाहना राख्ने म अन्तिम व्यक्ति हुने छ,’ व्यारोनेस लिस्टरले भनिन ।’

 

वासिङटन पोस्ट्मा प्रकाशित जेनीफर हसनको अनुवादित टिप्पणी

माघ १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्