नेप्से परिसूचक सात अंकले बढ्यो

काठमाडौं- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सात दशमलव तिन अंकले बढेर १४११.५२ अंकमा पुगेको छ।

बिहिबार नेप्से परिसूचक उकालो लाग्दा १ सय ५७ कम्पनीको ४१ करोड ७० लाख रुपैयाँ बराबरको कारोवार भएको छ।

नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी रकमको कारोवार हुँदा लक्ष्मी बैंक धेरै कित्ता कारोबार गर्ने कम्पनी बन्यो।

नेपाल बैंकको ४ करोड २७ लाख रुपैयाँको बराबरको सेयर खरिद बिक्रि हुँदा लक्ष्मीको १ लाख २८ हजार कित्ता सेयर खरिद बिक्रि भएको थियो।

बिहिबार उकालो लागेको बजारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेडको मूल्य सबैभन्दा धेरै ९.४५ प्रतिशतले बढेको थियो।

सबैभन्दा बढी घट्ने कम्पनीको सुचीमा युनाइटेड फाइनान्स रह्यो। युनाइटेड फाइनान्सको मूल्य २ दशमलव २७ प्रतिशतले ओरालो लागेको हो।

बजार उकालो लाग्दा १० उपसूचक मध्य हाईड्रोपावर बाहेकका उपसूचक उकालो लागेका छन्।

हाइड्रोपावर १ दशमलव ४९ अंकले ओरालो लाग्दा इन्स्योरेन्स १६ दशमलव ४, माइक्रोफाइनान्स १२ दशमलव ४१, अन्य ९ दशमलव  ८८, विकास बैंक ८ दशमलव ३१, बैंकिङ ६ दशमलव ३, होटल ५ दशमलव ४७, उत्पादनमुलक ५ दशमलव ३६, ट्रेडिङ १ दशमलव ६९, फाइनान्स ० दशमलव ६५ अंकले उकालो लागेको हो।

सम्बन्धित समाचारहरु…

नेप्से परिसूचक झिनो अकंले बढ्यो, कारोवार रकम बढ्न सकेन

नेप्से परिसूचक बढ्दा पनि कारोबार रकम बढ्न सकेन

माघ १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्