अनिल शाह नविल बैंकको डेपुटी सीईओमा नियुक्त

काठमाडौं- नविल बैंकले अनिल शाहलाई डेपुटी सीईओ  (प्रमुख कार्यकारी अधिकृत) मा नियुक्त गरेको छ। बिहिबार बसेको नविल बैंकको बोर्ड बैठकले शाहलाई डेपुटी सीईओमा नियुक्त गरेको हो।

शाहले देश सञ्चारसँग कुरा गर्दै बोर्डले डेपुटी सीईयो नियुक्त गरेको जानकारी आफुले पाए पनि आधिकारिक नियुक्ति पत्र भने बुझिनसकेको बताए।

शाहले नविलमा डेपुटी सीईओको रुपमा जान आफू राजि भएको पनि जानकारी दिए।

बैंक श्रोतका अनुसार, शाहलाई नै बैंकको कामु सीईओको जिम्मेवारी दिईने छ।

शाह ६ महिना कामु सीईओ र पछि सीईओ बन्ने सर्तमा नविल जान तयार भएको बुझिएको छ।

यस अघि शाहलाई पुस १३ गतेको बैठकले ४ बर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको थियो।

तर नेपाल राष्ट्र बैंकले एक बैंक छोडेको ६ महिना सम्म अर्को संस्थाको प्रमुख बन्न रोक लगाए शाहले सीईओको रुपमा नविल जान पाएका थिएनन्।

शाहले मंसिर २३ गतेबाट दुई कार्यकाल पुरा गरि मेगा बैंकबाट अवकाश लिएका थिए।

शाहलाई सीईओको रुपमा नविल लैजान नपाएपछि नविल बोर्डले उनको नियुक्ति गत सोमबार खारेज गरेको थियो।

सोमबार सीईओको नियुक्ति खारेज गरेको बोर्डले बिहिबार नै उनलाई डेपुटी सीईओ बनाएको छ।

 

सम्बन्धित समाचारहरु…

अनिल शाह अब नबिल जान पाएनन्

अनिल शाहको नियुक्ति खारेज, नविलले नयाँ सीईओ नियुक्त गर्ने

 

 

माघ १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्