सिरिया संघर्ष : गुफामा बनाइएको अस्पतालमा पनि आक्रमण

आक्रमणपछिको अल माग्हारा केभ अस्पताल । तस्बिर : युओएसएसएम

सिरियामा बिद्रोहीको कब्जामा रहेको क्षेत्रमा जमिनको सतह भन्दा मुनि बनाइएको अस्पतालमा हवाई आक्रमण भएको छ । हामा प्रान्तमा चट्टानले भरिएको क्षेत्रमा जमिनको सतह भन्दा २० मिटर तल गुफामा बनाइएर बनाइएको अस्पतालमा हवाई आक्रमण भएको स्वास्थ्य अधिकारीले बताएका छन् ।

देशको सबैभन्दा सुरक्षित मानिएको अस्पतालमा बिहीबार हवाई आक्रमण भएको र त्यसपछि सेवा ठप्प रहेको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् ।

घटनामा मानवीय क्षति भएको विवरण आएको छैन । तर सिरियामा अस्पतालमाथि यसअघि पनि आक्रमण हुने गरेको र अहिले पनि भएको तथा यो निकै निन्दनीय रहेको सहायताकर्मीले बताएका छन् ।

अस्पतालमा आक्रमण भएपछि त्यसक्षेत्रमा स्वास्थ्य सेवासहितका अरु सहायताका काम प्रभावित भएको र अहिले सर्वसाधारण नागरिक थप समस्यामा रहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

बनाइएकोकाफ्र जिता शहरमा रहेको अल माग्हारा केभ अस्पतालमा बिहीबार पाँचवटा मिसाइल आक्रमण भएको युनियन अफ मेडिकल केयर एण्ड रिलिफ अर्गनाइजेसन (युओएसएसएम) ले जनाएको छ । यो संस्थाले अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गरी सिरियामा स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।

आक्रमणको आवाज सुनिएपछि अस्पतालमा रहेका बिरामीसहित स्वास्थ्यकर्मी र कर्मचारी सुरक्षित कोठामा गएकाले हताहती नभएको युओएसएसएमका प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

माघ १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्