आइफोन एक्स । तस्बिर : गेट्टी इमेज

अमेरिकी कम्पनी एप्पलले सन् २०१७ को अन्तिम त्रैमासिकमा अघिल्लो वर्षको यहि समयको तुनावमा कम आइफोन बिक्री गरेको छ । तर मुनाफा भने बढेको छ ।

एप्पलले बिहीबार सार्वजनिक गरेको सन् २०१७ को अन्तिम त्रैमासिकको वित्तीय प्रतिवेदनमा २० बिलियन अमेरिकी डलर मुनाफा भएको उल्लेख छ ।

तुनावमा कमजपान तथा युरोपमा तीब्र रुपमा बढेको आइफोनको बजारका कारण मुनाफा बढेको एप्पलले जनाएको छ । एप्पलले आइफोन सुरु गरेको १० वर्ष पुगेको अवसरमा सार्वजनिक गरेको खर्चिलो आइफोन एक्स बजारमा पठाएपछिको यो पहिलो वित्तीय विवरण हो । यसले आइफोन एक्सपछिको आइफोन बजारको झलक दिन्छ ।

आइफोन एक्सको मूल्य एक हजार अमेरिकी डलरबाट सुरु हुन्छ । यसले गर्दा कम्पनीको मुनाफा बढेको एप्पलका प्रमुख टिम कुकले बताए । एप्पलका लगानीकर्ता कम्पनीका उत्पादनको बिक्री कम हुँदै गएको भन्दै चिन्ता जनाएको थिए ।

तर तुलनात्मक रुपमा बिक्री कम भए पनि मुनाफा बढेको हो । आइफोन एक्सको बिक्री सोचे जस्तो नरहे पनि बिस्तारै बढ्दै गएको कुकले बताएका छन् ।

माघ १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्