प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजबिच भेटवार्ता

माओवादी अध्यक्ष प्रचण्ड र भारतीय विदेशमन्त्री सुषमा स्वराज ।
काठमाडौं – नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुषमा स्वराज र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ ।
सोल्टी होटलमा भएको भेटमा दुई देशबिचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको अनुमान गरिएको छ । बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्वराजले शुक्रबारको पहिलो भेट प्रचण्डसँग गरेकी हुन् ।
उनले दिउँसो १२ बजे शीतल निवासमा गएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नेछिन् ।
सम्बन्धित समाचार…