प्रदेश नम्बर ७ मा अनलाइनबाट विद्युत महसुल तिर्ने प्रविधि जडानमा ढिलाई

धनगढी – देशका विभिन्न जिल्लामा अनलाईन प्रविधि मार्फत विद्युत महसुल बुझाउने प्रणाली सुरु भइसक्दा कैलालीसहित प्रदेश नम्बर ७ का जिल्लामा भने त्यसको तयारी नै भएको छैन ।

छिटो छरितो रुपमा घरमै बसेर अनलाइनबाट महसुल बुझाउन सकिने प्रविधि जडानमा ढिलाई हुँदा सेवाग्राहीहरु महसुल बुझाउनका लागि घण्टौ लाइन बस्न बाध्य भएका छन् ।

‘विद्युतको महसुल तिर्न दिनभरि लाइन लाग्नुपर्छ, कहिलेकाँही त दिनभरि लाइन लागे पनि बेलुका समय सकियो भन्दै फर्काईन्छ’ यस्तो ढिलासुस्ती कहिलेसम्म रहने हो? बिद्युत महसुल बुझाउन आएकी तारानगरकी यशोदा भण्डारीले प्रश्न गरिन् ।

विद्युत महसुल बुझाउन अहिले धनगढी वितरण केन्द्रले टोकन प्रणाली लागु गरेको छ । जसले पहिलेका भन्दा केहि सहज त भएको छ तर यो भन्दा पनि घरमै बसेर महसुल बुझाउन सकिने प्रविधि आईसकेकोले यहाँ पनि उक्त प्रणालीको सुरुवात गर्न विद्युतका ग्राहकले माग गरेका हुन् ।

सम्बन्धित समाचार…

विद्युत् महशुल अब अनलाइनबाटै

माघ १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्