बालुवाटारमा देउवा-स्वराज भेट सुरु

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुषमा स्वराज । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौं – नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुषमा स्वराजले शुक्रबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन्।

भारतीय विदेशमन्त्री स्वराज र देउवाबीच केहीबेरअघि भेट सुरु भएको हो। भेटमा देउवासहित अर्थ मन्त्री, वाणिज्यमन्त्री र परराष्ट्रका सचिवहरु सहभागी छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तापछि स्वराज र प्रधानमन्त्री देउवाबिच भेट सुरु भएको हो ।

यसअघि नेपाल भ्रमणमा रहेकी स्वराजले एमाले अध्यक्ष केपी ओली,  माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेट गरेकी छन्।

सम्बन्धित समाचारहरु…

होटेल सोल्टीमा ओली स्वराजको एक्लाएक्लै भेट

प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजबिच भेटवार्ता

माघ १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्